देउवा र प्रचण्ड दुवैले गठबन्धनको मर्म बुझेनन् : शेखर कोइराला

हिमाल प्रेस १३ पुष २०७९ २०:१९
102
SHARES
देउवा र प्रचण्ड दुवैले गठबन्धनको मर्म बुझेनन् : शेखर कोइराला

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुवैले गठबन्धनको मर्म नबुझेको टिप्पणी गरेका छन्। बुधबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै नेता कोइरालाले गठबन्धन जोगाउन नसक्नुमा कांग्रेसको कमजोरी रहेको र प्रचण्डले पनि गठबन्धनको मर्म नबुझेको बताएका हुन्।

काठमाडौँबाट आफ्नो समूहका नेताहरूसँग छलफल गरेर विराटनगर फर्किएका उनले भने, ‘गठबन्धनको निरन्तरता हुन नसक्नुमा कांग्रेसको कमजोरी छ। तर प्रचण्डले गठबन्धनको मर्मलाई नबुझ्दा अहिलेको परिस्थिति बन्यो।’ कोइरालाले देउवा र वार्तामा रहेका सदस्यहरू गल्ति गरेको पनि बताए। निर्वाचनपछि ठूलो दलको हैसियतमा कांग्रेसले सरकारको नेतृत्व दाबी गर्नु स्वभाविक भएको उनको भनाइ छ।

माओवादी र एमालेले चालेको कदमलाई पार्टी सभापति र वार्ता टोलीका सदस्यले थाहा नपाउनु दुखद् भएको पनि कोइरालाले बताए। निर्वाचन र गठबन्धनको विषयमा पार्टी केन्द्रीय समिति बैठकमा निर्मम छलफल हुने कोइरालाको भनाइ छ। उनले पार्टीको नीति अधिवेशन छिटै गर्नुपर्ने पनि बताए।

प्रकाशित: १३ पुष २०७९ २०:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =