बालकोटको बार्दलीमा ओली र प्रचण्ड

हिमाल प्रेस १० पुष २०७९ १६:४६ | Sunday, December 25, 2022
बालकोटको बार्दलीमा ओली र प्रचण्ड बालकोटमा ओली र प्रचण्ड। तस्बिर- हिमाल प्रेस

काठमाडौँ– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटको बार्दलीमा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार हर्षित अनुहारमा देखा परे। यो बार्दली त्यही हो- जतिबेला तत्कालीन प्रधानमन्त्री ओली नेतृत्वको सरकार ढलेपछि उनी सरकारी निवासबाट यहाँ आएर एमालेका नेता/कार्यकर्तालाई संक्षिप्त सम्बोधन गरेका थिए।

०७८ असार ३० गते ओली सरकारी निवास बालुवाटारबाट एमालेको युवा संगठन नेपाल युवा संघले आयोजना गरेको मोटरसाइकल र्‍यालीका बीच बालकोट पुगेका थिए। सो क्रममा ओलीले आफ्नो नेतृत्वको सरकारलाई परमादेशले ढालेको बताउँदै आफू पुन: सरकारको नेतृत्वमा आउने बताएका थिए। ०७८ असार २८ मा सर्वोच्च अदालतको निर्णयसँगै नेपाली कांग्रेसको नेतृत्वमा माओवादीसहितको पाँचदलीय गठबन्धनले सरकार बनाएको थियो।

त्यसयता ओली र प्रचण्डले एक-अर्कालाई भरमग्दुर गाली गर्दै आएका थिए। तर हालै सम्पन्न निर्वाचनपछि एमाले र माओवादी पार्टी क्रमश: दोस्रो र तेस्रो शक्ति बनेपछि ओली र प्रचण्ड आपसमा नजिकिँदै आएका छन्। आइतबार उही बालकोटमा बसेको दलहरूको बैठकले प्रचण्डलाई प्रधानमन्त्री बनाउने निर्णय गरेपछि ओली र प्रचण्ड हर्षित मुद्रामा देखिएका हुन्।

प्रकाशित: १० पुष २०७९ १६:४६ | Sunday, December 25, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast