देउवाको सन्देश लिएर निधि पुगे बालकोट

हिमाल प्रेस ९ पुष २०७९ २२:५२
42
SHARES
देउवाको सन्देश लिएर निधि पुगे बालकोट

काठमाडौँ– गठबन्धनबाट नेकपा माओवादी केन्द्र अलग हुने संकेत पाएपछि नेपाली कांग्रेसले एमालेसँगको वार्ता अघि बढाएको छ। प्रधानमन्त्रीका लागि दाबी पेस गर्ने समय एक दिन बाँकी रहँदा कांग्रेसले एमालेसँग वार्ता अघि बढाएको हो।

यसका लागि कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले नेता विमलेन्द्र निधिलाई खटाएका छन्। सरकार गठन र विभिन्न पदमा भागबण्डाका लागि देउवाको सन्देश लिएर नेता निधि शनिबार साँझ ओली निवास बालकोट पुगेका हुन्।

निधिले ओलीसँग भेट गरेको ओली निकट स्रोतले बतायो। ‘उहाँ आएर अध्यक्षज्यूसँग भेट गर्नुभएको हो। तर के कुराकानी भयो भन्ने बारे हामीलाई जानकारी छैन। सत्ता गठनका विषयका छलफल भएको भन्ने छ’, स्रोतले भन्यो।

निधिको सचिवालयले पनि ओली र निधिबीच भेट गरेको पुष्टि गरेको छ। एमाले गठबन्धनलाई जसरी पनि भत्काउने रणनीतिमा छ। माओवादीले पनि गठबन्धनबाट अलग हुने संकेत गरेपछि कांग्रेस नेता निधिले ओलीसँग गरेको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + six =