रासफोर्ड बने प्रिमियर लिगमा सर्वाधिक तलब पाउने बेलायती खेलाडी

हिमाल प्रेस ९ पुष २०७९ २०:३१
22
SHARES
रासफोर्ड बने प्रिमियर लिगमा सर्वाधिक तलब पाउने बेलायती खेलाडी

काठमाडौँ- मार्कस रासफोर्डले म्यानचेस्टर युनाइटेडसँग सम्झौता नवीकरण गरेका छन्। नयाँ सम्झौता अनुसार रासफोर्ड सन् २०२४ सम्म युनाइटेडमै रहने छन्।

बेलायती अखबार द इन्डिपेन्डेन्टका अनुसार नयाँ सम्झौताले रासफोर्डलाई इंग्लिस प्रिमियर लिगमा सर्वाधिक तलब लिने बेलायती खेलाडी बनाएको छ। उनको नयाँ तलब साताको दुई लाख ५० हजार पाउन्ड हुनेछ। उनले तलबमा बोनस पनि जोडिएर आउनेछ।

आफ्ना मुख्य मुख्य खेलाडीलाई लामो समय क्लबमा राख्ने योजना अनुरुप युनाइटेडले रासफोर्डलाई नयाँ सम्झौता गराएको हो। २५ वर्षीय रासफोर्डले नयाँ सम्झौतामा हस्ताक्षर गरे पनि डिएगो डोलोट, फ्रेड र लुक शको सम्झौता जुन, २०२४ मा सकिँदैछ। रासफोर्डपछि ती तीन खेलाडीलाई नयाँ सम्झौतामा राजी गराउने युनाइटेडको प्रयास हुनेछ।

विश्वकप २०२२ मा इंग्ल्यान्डका लागि तीन गोल गरेका रासफोर्ड युनाइटेड एकेडेमीका उत्पादन हुन्। सन् २०१५ मा सिनियर टिममा बढुवा भएका उनले प्रिमियर लिगमा दुई सय १८ खेल खेलिसकेका छन्। तिनमा उनले गरेका गोल संख्या एक सय दुई छ। विशेषगरी लेफ्ट विंगबाट खेल्ने रासफोर्ड स्ट्राइकर र राइट विंगर बनेर पनि खेल्न सक्छन्।

‘हामी रासफोर्ड र अन्य युवा खेलाडीलाई समर्थनज गर्छौँ। उनीहरु यही रहुन् भन्ने हाम्रो चाहना हो। किनभने हामी भविष्यका लागि टिम निर्माण गरिरहेका छौँ,’ युनाइटेडका प्रशिक्षक एरिक टेन हागले भनेका छन्।

प्रकाशित: ९ पुष २०७९ २०:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − two =