पोखरामा सडक महोत्सव

हिमाल प्रेस ७ पुष २०७९ १६:११
4
SHARES
पोखरामा सडक महोत्सव

काठमाडौँ- अंग्रेजी नयाँ वर्षको अवसरमा पुस १३ देखि १७ गतेसम्म पोखरामा २४ औँ पोखरा सडक महोत्सव हुने भएको छ। रेष्टुरेण्ट एण्ड बार एसोसिएशन (रेबान) पोखराले विगतका वर्षहरूको जस्तै यो वर्ष पनि पोखराको पर्यटन प्रवर्द्धनका लागि महोत्सव गर्न लागेको हो।

पोखरा रेबानका अध्यक्ष नरेश भट्टराईले आन्तरिक तथा वाह्य पर्यटकलाई अंग्रेजी नयाँ वर्षमा गन्तव्यको रूपमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पुस १३ गतेदेखि १७ गतेसम्म पोखरा लेकसाइडको तीन किलोमिटर क्षेत्रमा महोत्सव गर्न लागिएको बताए। उनले ‘सडकमा नै खाऔं सडकमा नै रमाउँ’ भन्ने उद्देश्यले महोत्सव हरेक वर्ष भइरहेको बताए।

महोत्सवमा सांस्कृतिक कार्यक्रम, मौलिक भेषभूषा प्रदर्शन तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी गीत प्रतियोगिता, झाँकी प्रदर्शन, रात्रिकालीन कन्सर्ट, बोट रेस र पोखराका प्रमुख गन्तव्यसहितको डकुमेन्ट्री प्रदर्शन गरिने उनले बताए।

उनले पोखरा सडक महोत्सवले कोरोना महामारीको कारण सिथिल बनेको पर्यटन क्षेत्र अब पर्यटनमैत्री बन्ने विश्वास रहेको बताए।

रेबानका केन्द्रीय अध्यक्ष अरनिको राजभण्डारीले पछिल्लो समय देखिएको मन्दीलाई महोत्सवले सहयोग पुर्‍याउने बताए। उनले व्यापार र पर्यटन प्रवर्द्धनका लागि सरकारले निजी क्षेत्रलाई सहयोग गर्न जरुरी रहेको बताए।

प्रकाशित: ७ पुष २०७९ १६:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 2 =