२५ औं पोखरा सडक महोत्सव सुरु [फोटो फिचर]

विजय नेपाल १२ पुष २०८० १५:२९
10
SHARES
२५ औं पोखरा सडक महोत्सव सुरु [फोटो फिचर]

पोखरा- पर्यटकीय सहर पोखरामा बिहीबारदेखि २५ औं पोखरा सडक महोत्सव सुरु भएको छ। आयोजक रेवान पोखराले अहिलेको महोत्सवलाई फेवाताल किनार लेकसाइडमा ५ दिनसम्म विविध कार्यक्रम गरी रजत महोत्सवको रुपमा मनाउँदैछ। महोत्सव उद्घाटनपूर्व विभिन्न कला संस्कृति, जातजाति, भेषभूषा झल्किने झाँकी प्रस्तुति मुख्य आकर्षणको केन्द्र रह्यो। हल्लनचोकदेखि सुरु भएको र्‍यालीमा विभिन्न जातजातिका मानिसहरू आफ्नो जातीय पोशाकमा सजिएका थिए।

पञ्चेबाजा, भजन, नाचगानसहित र्‍याली महोत्सवस्थल ३ किमी दुरी पार गर्दै कोमागाने पार्कमा आयोजित उद्घाटन समारोहमा परिणत भएको हो। २५ वर्षअघि फुड फेस्टिभलबाट सुुरु यो महोत्सव नेपालमै सबैभन्दा ठूलो क्षेत्रफलमा हुने महोत्सव हो।

महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले दीयो बालेर तथा बेलुन उडाएर समुद्घाटन गरे। २५ औं सडक महोत्सव अवसरमा विभिन्न क्षेत्रमा योगदान दिएका यस क्षेत्रका व्यक्तिहरूलाई सम्मान गरिएको रेवान पोखरा अध्यक्ष नरेश भट्टराईले जानकारी दिए।

आन्तरिक एवं बाह्य पर्यटन प्रवर्द्धन अंग्रेजी नयाँ वर्ष अवसरमा एकै मिति र समयमा पोखरामा यो महोत्सव हुँदै आएको छ। पुस १२ देखि १६ सम्म लेकसाइडको तीन किलोमिटर क्षेत्रफलमा हुने महोत्सवमा करिब ५ लाख पर्यटक भित्राउने आयोजकको लक्ष्य छ।

‘सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं’ नाराका साथ आयोजित महोत्सवमा विभिन्न २५ थरिका खाना परिकार उपलब्ध गराइँदैछ। व्यवसायीले सडकमै कुर्सी, टेबुल उतारेर ग्राहक विभिन्न परिकार चखाउने छन्। महोत्सव फिस्टेलगेटदेखि गैह्राको चौतारा हुँदै जरेश्वर लेकसाइडसम्म हुनेछ। गोर्खा ब्रुअरी महोत्सवको मुख्य प्रायोजक रहेको महोत्सवमा दैनिकरुपमा विभिन्न कलाकारको प्रस्तुति समेत रहनेछ।

प्रकाशित: १२ पुष २०८० १५:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 20 =