समानुपातिकतर्फ ९३ लाख मत गणना, एमाले पहिलो

हिमाल प्रेस १२ मंसिर २०७९ १२:०९
12
SHARES
समानुपातिकतर्फ ९३ लाख मत गणना, एमाले पहिलो फाइल तस्बिर

काठमाडौँ- प्रतिनिधिसभा र प्रदेशसभाको मंसिर ४ गते भएको निर्वाचनअन्तर्गत समानुपातिकतर्फ कुल ९३ लाख ५ हजार ७ सय ६६ मत गणना गरिएको छ।

समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत राजनीतिक दलको चुनाव चिह्नमा मतदान गरिने हुनाले दलको लोकप्रियता निर्धारण हुन्छ। निर्वाचन आयोगका अनुसार हालसम्म गणना गरिएको मतअनुसार नेकपा (एमाले)ले २५ लाख ३४ हजार ३ सय २३ मत प्राप्त गरेको छ।

नेपाली कांग्रेसले २३ लाख ९९ हजार ८ सय ३१, राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ६३ हजार ७ सय १८, नेकपा (माओवादी केन्द्र)ले १० लाख ६२ हजार ७ सय ४७ मत प्राप्त गरेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ४५ हजार ६ सय ५६, जनता समाजवादी पार्टीले ३ लाख २६ हजार ३ सय ७२ मत प्राप्त गरी थ्रेस होल्ड कटाएका छन्।

थ्रेस होल्ड कटाउनका लागि संघर्षरत दलमा नेकपा (एकीकृत समाजवादी) र जनमत पार्टी छन्। आयोगको विवरणअनुसार जनमत पार्टीले २ लाख ६२ हजार ८ सय २६ मत प्राप्त गरेको छ भने एकीकृत समाजवादीले २ लाख ५२ हजार २७ मत प्राप्त गरेको छ। बाँकी रहेको मतगणनामा ती दलले थ्रेस होल्ड कटाउने अपेक्षा राखेका छन्।

आयोगका अनुसार नागरिक उन्मुक्ति पार्टीले २ लाख ३७ हजार ९ सय ६२, लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख २७ हजार ९ सय १८, नेपाल मजदुर किसान पार्टीले ७२ हजार ८ सय, हाम्रो नेपाली पार्टीले ५२ हजार ८ सय ४३ मत, मंगोल नेशनल अर्गनाइजेशनले ४५ हजार ६ सय ६३, राष्ट्रिय जनमोर्चाले ४४ हजार ८ सय ७३, नेपाल संघीय समाजवादी पार्टीले ३१ हजार २ सय २९ र नेकपा (माले)ले २६ हजार ९ सय ७१ मत प्राप्त गरेका छन्।

समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत कुल ४७ दलले निर्वाचन प्रक्रियामा भाग लिएका थिए। त्यसमध्ये सबैभन्दा अन्तिममा रहेको नेश्नलिष्ट पिपल्स पार्टीले १ हजार ६ सय ९४ मत प्राप्त गरेको छ।

त्यस्तै आयोगले प्रदेशतर्फको पनि समानुपातिकतर्फको मतगणना जारी राखेको छ। प्रदेश १ मा १५ लाख ८४ हजार ८ सय ६९ मतगणना भइसकेको छ।

मधेश प्रदेशमा १६ लाख २५ हजार ७ सय ५८, बागमती प्रदेशमा १५ लाख ९८ हजार ४ सय ३४, गण्डकी प्रदेशमा ९ लाख १८ हजार ८ सय ३९, लुम्बिनी प्रदेशमा १८ लाख ५९ हजार ६२, कर्णाली प्रदेशमा ५ लाख ७७ हजार ८ सय २९ र सुदूरपश्चिम प्रदेशमा ८ लाख ७ हजार १ सय ३८ मत गणना भइसकेको छ।

प्रकाशित: १२ मंसिर २०७९ १२:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − fifteen =