उपराष्ट्रपति निर्वाचनको मतगणना सुरु, नतिजा केहीबेरमा आउने

हिमाल प्रेस ३ चैत २०७९ १६:०२
8
SHARES
उपराष्ट्रपति निर्वाचनको मतगणना सुरु, नतिजा केहीबेरमा आउने संघीय संसद भवनमा मतगणना गरिँदै। तस्बिर-दिपेश श्रेष्ठ/हिमाल प्रेस

काठमाडौँ– उपराष्ट्रपति पदका लागि शुक्रबार भएको निर्वाचनको मतगणना सुरु भएको छ। संघीय संसद भवनमा मतगणना सुरु भएको हो।

निर्वाचनमा संघतर्फका ३११ सांसद र प्रदेश सभातर्फका ५१८ गरी निर्वाचनमा ८२९ सांसदले मतदान गरेका छन्। संघीय सांसदको मतभार ७९ र प्रदेश सांसदको मतभार ४८ रहेको छ। उपराष्ट्रपति पदका उम्मेदवारमा जसपामा रामसहाय यादव, जनमतकी ममता झा र एमालेकी अष्टलक्ष्मी शाक्य उम्मेदवार छन्।

निर्वाचनमा राप्रपा र नेमकिपा मतदान प्रक्रियामा सहभागी भएका छैनन्। सत्तागठबन्धनका उम्मेदवार भएकाले जसपाका यादव निर्वाचित हुने सम्भावना छ।

शुक्रबार बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदान भएको थियो । मतगणनापछि शुक्रबार नै उपराष्ट्रपति निर्वाचनको प्रमाण पत्र प्रदान गरिने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − three =