दोलखाका १० केन्द्रमा १५ गते मतदान हुने

हिमाल प्रेस ११ मंसिर २०७९ १९:५९
10
SHARES
दोलखाका १० केन्द्रमा १५ गते मतदान हुने

काठमाडौँ– निर्वाचन आयोगले दोलखाका १० वटा मतदान केन्द्रमा मंसिर १५ गतेभित्र पुनः मतदान गर्ने निर्णय गरेको छ।

आइतबार बसेको आयोगको बैठकले यस्तो निर्णय गरेको हो।

दोलखाको वैतेश्वर गाउँपालिका-२ जनज्योति माध्यमिक विद्यालय पुतलिकाठ मतदान केन्द्र ‘क’ र ‘ख’ र सोही गाउँपालिका-३ को कालिढुंगा माध्यमिक विद्यालय मतदान केन्द्र ‘क’, ‘ख’ र ‘ग’मा पुनः मतदान गर्ने आयोगको निर्णय छ।

सोही गाउँपालिका-६ मा वैतेश्वर मावि मतदान केन्द्रको ‘क’, ‘ख’ र ‘ग’ तथा तामाकोसी गाउँपालिका-३ हेल्थपोस्ट भवन जफे मतदान केन्द्र ‘क’ र ‘ख’ मा पुनः मतदान गर्ने निर्णय गरेको हो।

गत आइतबार भएको मतदान कार्य स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा हुन नसकेको देखिएकाले उक्त मतदान रद्द गरी मंसिर १५ गतेभित्र पुनः मतदान सम्पन्न गराउन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखालाई निर्देशन दिएको हो।

प्रकाशित: ११ मंसिर २०७९ १९:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − seventeen =