सुनसरी ४ विवाद : कांग्रेस-एमाले कार्यकर्ताबीच ठेलाठेल

अझै सुरु हुन सकेन मतगणना

हिमाल प्रेस १० मंसिर २०७९ १८:३९
8
SHARES
सुनसरी ४ विवाद : कांग्रेस-एमाले कार्यकर्ताबीच ठेलाठेल

इटहरी– सुनसरी ४ मा मतगणना स्थगित भएको छ। सो क्षेत्रमा सत्तागठबन्धनबाट नेपाली कांग्रेसका ज्ञानेन्द्र कार्की र नेकपा एमालेका जगदीश कसियतबीच प्रतिष्पर्धा छ।

सो क्षेत्रमा मतगणनामा खटिएका कर्मचारीले ६०६ मत गडबढ गरेको भन्दै कांग्रेस पक्षले मतगणना स्थगित गरेर सर्वदलीय बैठक माग गरेको थियो।

सञ्चारमन्त्रीसमेत रहेका कांग्रेसबाट उम्मेदवार कार्कीले सर्वदलीय बैठक राख्न माग गरेपछि सर्वदलीय बैठक बसेको थियो।

बैठकका क्रममा कांग्रेस कार्यकर्ताले पुनः मतगणना गर्न माग गरेका थिए। अन्यथा, मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले चित्तबुझ्दो जवाफ दिनुपर्ने अडान राखेका थिए।

यसैबीच एमाले सुनसरीका अध्यक्ष रेवतीरमण भण्डारीले कानुनका कुरा गरेर निर्णय लाद्न  खोजेपछि विवाद उत्पन्न भएको हो।

विवाद उत्पन्न भएपछि कार्यकर्ताबीच ठेलाठेल भएपछि सुरक्षाकर्मीले बल प्रयोग गरेको छ। उता मुख्य निर्वाचन अधिकृतले भने यसअघि त्रुटि भएको स्वीकार गरेका छन्।

हाल विभिन्न दलका उम्मेदवार, मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, सुनसरीका सुरक्षा निकायका प्रतिनिधिबीच छलफल भइरहेको छ।

हाल यो क्षेत्रमा ६० हजार बढी मतगणना भएको छ। जसमध्ये एमालेका कुसियतले २३ हजार ३ सय ४१ मत प्राप्त गरेका छन् भने कांग्रेसका कार्कले २३ हजार ४ सय ३९ मत पाएका छन्।

जसअनुसार कांग्रेसले ९८ मतले अग्रता गरेको छ। यस क्षेत्रमा जम्मा ८१ हजार २ सय ३३ मत खसेको छ।

प्रकाशित: १० मंसिर २०७९ १८:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 3 =