समानुपातिक मत : नेकपा एकीकृत समाजवादीले कटायो एक लाख (कुन दलको कति सूचीसहित)

हिमाल प्रेस ९ मंसिर २०७९ १७:०१
522
SHARES
समानुपातिक मत : नेकपा एकीकृत समाजवादीले कटायो एक लाख (कुन दलको कति सूचीसहित)

काठमाडौँ- देशभर मतगणना जारी छ। जारी मतगणनाअनुसार नेकपा एमाले सबैभन्दा धेरै मतका साथ अगाडि छ। एमालेले ४:४५ बजेसम्मको तथ्यांकमा एमाले १२ लाख ९८ हजार ५४ मतका साथ अगाडि छ। एमालेलाई कांग्रेसले पछ्याइरहेको छ। कांग्रेसले १२ लाख २७ हजार ८०५ मत ल्याएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले पनि ६ लाख मत कटाएको छ। यो पार्टीले अहिलेसम्म ६ लाख एकहजार ६८० मत ल्याइसकेको छ। स्वतन्त्र पार्टीलाई पछ्याइरहेको नेकपा माओवादी केन्द्रले पाँच लाख ५८ हजार ६७४ मत ल्याएको छ।

राप्रपाले तीन लाख १२ हजार ३६ मत ल्याएको छ। त्यस्तै जनता समाजवादी पार्टीले एक लाख ४९ हजार ७३५ ल्याउँदा माधव नेपाल तेतृत्वको नेकपा एकीकृत समाजवादीले एक लाख मत कटाएको छ। एकीकृत समाजवादीले एक लाख चार हजार ४०४ मत ल्याएको छ।

कसको कति मत?

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)
१२९८०५४

नेपाली काँग्रेस
१२२७८०५

राष्ट्रिय स्वतन्त्र पार्टी
६०१६८०

एकल चिन्ह गोलाकारभित्र हँसिया हथौडा (नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)/नेपाल समाजवादी पार्टी)
५५८६७४

राष्ट्रिय प्रजातन्त्र पार्टी
३१२०३६

जनता समाजवादी पार्टी, नेपाल
१४९७३५

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)
१००४०४

जनमत पार्टी
९२३२८

नागरिक उन्मुक्ति पार्टी
८८३३६

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल
६१३०१

नेपाल मजदुर किसान पार्टी
५८५४५

हाम्रो नेपाली पार्टी
३६१२२

राष्ट्रिय जनमोर्चा
३२०७९

मंगोल नेशनल अर्गनाइजेशन
२५४६६

नेपाल कम्युनिष्ट पार्टी(मार्क्सवादी लेनिनवादी)
१३७००

राष्ट्रिय जनमुक्ति पार्टी
११२०१

नेपाल संघीय समाजवादी पार्टी
९५५२

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
७०९०

एकल चिन्ह बच्चा काखमा लिएकी आमा (नेपाल आमा पार्टी/नेपाल नौलो जनवादी पार्टी/सचेत नेपाली पार्टी/नेपाल सुशासन पार्टी )
६९६५

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल
५९१८

जनता प्रगतिशिल पार्टी, नेपाल
५१४८

नेपालका लागि नेपाली पार्टी
४६३६

नेपाली काँग्रेस (बी.पी.)
४४६६

नेपाली जनता दल
४०३७

नेपाल जनता पार्टी
३५२४

नेपाल लोकतान्त्रिक पार्टी
३५१७

नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल)
३५१३

आमूल परिवर्तन मसिहा पार्टी नेपाल
३२७६

नेपाल कम्युनिष्ट पार्टी
२९४०

जनसमाजवादी पार्टी, नेपाल
२५८५

मितेरी पार्टी नेपाल
२५०४

एकल चिन्ह गितार (सामाजिक एकता पार्टी/नेपाल कम्युनिष्ट पार्टी (समाजवादी)/नेपाल दलित पार्टी )
२४९१

जनजागरण पार्टी नेपाल
२३६८

बहुजन एकता पार्टी नेपाल
२३२०

एकीकृत शक्ति नेपाल
१९८८

तराई मधेश लोकतान्त्रिक पार्टी
१८००

मौलिक जरोकिलो पार्टी
१७०२

विवेकशील साझा पार्टी
१५७७

राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल
१४९५

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)
१३७३

नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी
१२६७

पिछडावर्ग निषाद दलित जनजाति पार्टी
१२६६

बहुजन शक्ति पार्टी
१२१६

नेपाल समावेशी पार्टी
११४८

नेपाल कम्युनिष्ट पार्टी परिवर्तन
८७८

नेश्‍नलिष्ट पिपल्स पार्टी
८१८

राष्ट्रिय नागरिक पार्टी
७२३

प्रकाशित: ९ मंसिर २०७९ १७:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 4 =