डोटीमा प्रभावकारी भएन मतदाता शिक्षा, साढे ८ हजार मत बदर

हिमाल प्रेस ९ मंसिर २०७९ १४:४७
6
SHARES
डोटीमा प्रभावकारी भएन मतदाता शिक्षा, साढे ८ हजार मत बदर

डोटी– मतदाता शिक्षा कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा डोटीमा प्रत्यक्षतर्फको ८ हजार ६२० मत बदर भएको छ। मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको अन्तिम मत परिणामअनुसार ठूलो मात्रा मत बदर भएको पाइएको हो।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मत परिणामअनुसार प्रतिनिधिसभातर्फ ६३ हजार ५५२ मत खसेको थियो । जसमध्ये ८ हजार ६२० मत बदर हुँदा ५४ हजार ९३२ मत मात्रै सदर भएको छ। एउटा प्रतिनिधिसभा र दुई वटा प्रदेशसभा रहेको डोटीमा प्रतिनिधिसभातर्फको ४ हजार ९६९ मत बदर भएको मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेयले जानकारी दिए।

उनका अनुसार प्रदेशसभा १ तर्फ ३३ हजार ३२२ मत खसेकोमध्ये एक हजार ९१९ मत बदर भएको छ। प्रदेशसभा २ मा ३० हजार २३४ मत खसेकोमध्ये एक हजार ७ सय ३२ मत बदर भएको छ।

डोली जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एकीकृत समाजवादीका प्रेम आले विजयी हुनुभएको छ । साथै, प्रदेशसभा १ मा नेकपा एमालेका चक्र मल्ल प्रदेशसभा २ मा नेकपा माओवादी केन्द्रका शिवसिंह ओली विजयी भएका छन्।

निर्वाचन आयोगले मतदाता शिक्षालाई प्रभावकारी रूपमा सञ्चालन गर्न नसक्दा बदर मतको संख्या बढेको उम्मेदवारहरूको गुनासो छ। प्रतिनिधिसभा र प्रदेशसभाको अन्तिम मत परिणाम सार्वजनिक गरिए पनि समानुपातिकतर्फको मतको नतिजा सार्वजनिक भएको छैन। अहिले समानुपातिकतर्फको मतगणना भइरहेको मुख्य निर्वाचन अधिकृत पाण्डेयले जानकारी दिए।

प्रकाशित: ९ मंसिर २०७९ १४:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =