सुर्खेतमा कांग्रेसका खड्काको अग्रता कायमै

हिमाल प्रेस ८ मंसिर २०७९ १६:२६
10
SHARES
सुर्खेतमा कांग्रेसका खड्काको अग्रता कायमै पूर्णबहादुर खड्का।

सुर्खेत– नेपाली कांग्रेसका उपसभापति तथा सुर्खेत क्षेत्र नम्बर १ मा सत्तागठबन्धनतर्फ प्रतिनिधिसभाका उम्मेदवार पूर्णबहादुर खड्काले अग्रता कायमै गरेका छन्। खड्कालाई नेकपा एमालेका उम्मेदवार ध्रुव शाहीले पछ्याइरहेका छन्। उनले आफ्ना प्रतिस्पर्धी नेकपा एमालेका शाहीलाई ६ हजार ८ सय ६० मतान्तरले पछि पारिरहेका छन्।

अहिलेसम्म ५३ हजार २०० मत गणना भएको छ। यसमध्ये खड्काले २८ हजार ७ सय ७७ मत पाएका छन् भने एमाले नेता शाहीको पक्षमा २१ हजार ६०८ मत आएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका मोहम्मद हसरत अलीले ४ सय २९२ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का छत्रपति थापाले ३ सय ९५ मत पाएका छन्।

प्रकाशित: ८ मंसिर २०७९ १६:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =