कास्की २ (ख)मा कांग्रेसका बिन्दुुकुमार थापा निर्वाचित

हिमाल प्रेस ८ मंसिर २०७९ ९:१५
4
SHARES
कास्की २ (ख)मा कांग्रेसका बिन्दुुकुमार थापा निर्वाचित

पोखरा- गण्डकी प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका विन्दुकुमार थापा विजयी भएका छन्। उनको यो दोस्रो कार्यकाल हो। कास्की क्षेत्र २ (ख)बाट निर्वाचित उनले एमालेकी मीना गुरुङलाई १ हजार ३ सय १० मतान्तरले पराजित गरेका हुन्।

थापाले ९ हजार २ सय ७९ र गुरुङले ७ हजार ९ सय ७९ मत प्राप्त गरे। तेस्रो स्थानमा रहेका राप्रपाका अरुण गिरीले ३ हजार ९ सय २ मत प्राप्त गरे।

कास्की क्षेत्र १ (क) मा भने एमालेक भीमबहादुर कार्की निर्वाचित भएका छन्। क्षेत्र २ कै प्रतिनिधिसभा सदस्यमा एमालेकी विद्या भट्टराई निर्वाचित भइन्। २०७४ सालको आमनिर्वाचनमा पनि बिन्दु थापाले कास्कीमा कांग्रेसबाट एकमात्र जित निकालेका हुन्। उनी गण्डकीका सञ्चारमन्त्री समेत हुन्।

प्रकाशित: ८ मंसिर २०७९ ९:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + nineteen =