राष्ट्रिय जनमोर्चा : बागलुङमा अगाडि, प्युठानमा पछाडि

हिमाल प्रेस ६ मंसिर २०७९ १३:२७
6
SHARES
राष्ट्रिय जनमोर्चा : बागलुङमा अगाडि, प्युठानमा पछाडि

कास्की- चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा पार्टी बागलुङमा अग्रता कायम गरिरहँदा प्युठानमा भने पछाडि परेको छ। बागलुङ १ मा ९३०२ मत गन्दा जनमोर्चाका चित्रबहादुर केसीले ३३४९ मत ल्याएर अग्रता कायम गरिरहेका छन्। दोस्रो स्थानमा रहेका एमालेका सूर्य पाठकले ३३४० हजार मतले पछ्याइरहेका छन्। सत्तारुढ गठबन्धनका उम्मेदवार केसी एमालेका पाठकभन्दा मात्र नौ मतसहित अगाडि छन्।

प्युठानमा भने एमालेका सूर्य थापाले राजमो अध्यक्ष दुर्गा पौडेललाई झिनो मतले पछि पारेका छन्। थापाले ८८२ मत ल्याउँदा पौडेलले ५६७ मत ल्याएकी छन्। दुर्गा सत्तारुढ गठबन्धनकी साझा उम्मेदवार हुन्। जनमोर्चाले सत्तारुढ गठबन्धनको भागबन्डामा प्युठान र बाग्लुङ गरी दुई स्थान प्राप्त गरेको थियो।

 

प्रकाशित: ६ मंसिर २०७९ १३:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 1 =