भूकम्प पीडितको समस्याको समाधानका गर्न जनमोर्चाको अपिल

हिमाल प्रेस ११ मंसिर २०८० ६:४४
4
SHARES
भूकम्प पीडितको समस्याको समाधानका गर्न जनमोर्चाको अपिल फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय जनमोर्चाले भूकम्प पीडितको समस्याको समाधानका लागि शीघ्र र समुचित रूपले ध्यान दिन सबै तहका सरकारसँग अपिल गरेको छ।

आइतबार जनमोर्चा उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलले विज्ञप्ति जारी गर्दै भूकम्प प्रभावित जिल्ला रुकुम र जाजरकोटमा जाडोको मौसममा वितरण गरेको राहत पर्याप्त नभएको बताइन्।

विज्ञप्तिमा भनिएको छ,‘भूकम्पबाट भएको क्षतिभन्दा त्यसपछि जाडो तथा आवश्यक औषधी, कपडा, खाद्यान्न, बस्ने व्यवस्था समेतको अभावमा मानिसहरू अत्यन्त पीडित हुन पुगेको र ती कारणहरूबाट १० जनाभन्दा बढी मानिसहरूको ज्यान समेत गइसकेका घटनाहरूप्रति हाम्रो पार्टीको गम्भीर ध्यान आकर्षित भएको छ। त्यो अत्यन्त चिन्ताजनक समस्या हो। त्यसका लागि सरकारले केही न केही व्यवस्था गरिरहेको कार्यप्रति पनि हाम्रो ध्यान छ।’

यस्तै जनमोर्चाले देशका क्याम्पसहरूमा विद्याथीहरूको संख्या घट्दै गइरहेको प्रति पनि चिन्ता व्यक्त गरेको छ ।

प्रकाशित: ११ मंसिर २०८० ६:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =