राप्ति बस दुर्घटनाको छानबिन गर्न राष्ट्रिय जनमोर्चाको आग्रह

हिमाल प्रेस २८ पुष २०८० १३:११
6
SHARES
राप्ति बस दुर्घटनाको छानबिन गर्न राष्ट्रिय जनमोर्चाको आग्रह

काठमाडौँ- राष्ट्रिय जनमोर्चा (राजमो)ले भालुबाङ यात्रिवाहक बस दुर्घटनाको मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ।

राजमोले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना तथा मृतकका परिवारप्रति समवेदनासमेत व्यक्त गरेको छ ।

उपाध्यक्ष एव‌ं प्रवक्ता दुर्गा पौडेलको हस्ताक्षरमा २०८० पुस २८ गते शनिबार प्रेसवक्तव्य जारी गर्दै राजमोले यस्तो जनाएको हो ।

घाइतेको शीघ्र उपचारको व्यवस्था मिलाउन तथा दुर्घटनाको छानबिन गर्न आग्रह गरिएको छ।

प्रेस वक्तव्यको पूर्ण पाठ यस्तो छ :

बाँकेको नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको भे१ ख३९१२ नम्बरको यात्रिवाहक बस २०८० पुस २७ गते शुक्रबार राती १० बजेतिर दाङको भालुबाङस्थित राप्ती पुलबाट खस्दा अहिलेसम्म १२ जना यात्रीको मृत्यु भइसकेको र २३ जना घाइते भएको घटनाप्रति राष्ट्रिय जनमोर्चा दुस्ख व्यक्त गर्दछ ।

हाम्रो पार्टी सम्पूर्ण मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दछ । त्यसैगरी घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ । राष्ट्रिय जनमोर्चा घाइतेको शीघ्र उपचारको व्यवस्था मिलाउन सम्बन्धित प्रशासनसित आग्रह गर्दछ ।

यति धेरै जनधनको क्षति भएको यस दुर्घटना कसरी भयो ? यसबारे छानबिन हुनुपर्ने आवश्यकता छ । घटनाको छानबिन गरी आगामी दिनमा यस खालका दुर्घटना न्यूनीकरणतर्फ सम्बन्धित प्रशासनको ध्यान जानुपर्नेमा पनि हाम्रो पार्टीले जोड दिन्छ ।

प्रकाशित: २८ पुष २०८० १३:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − nine =