नयाँ गठबन्धनप्रति जनमोर्चाको प्रतिक्रिया : यसले प्रतिगमनलाई बल पुग्छ

हिमाल प्रेस २२ फागुन २०८० ८:५७
18
SHARES
नयाँ गठबन्धनप्रति जनमोर्चाको प्रतिक्रिया : यसले प्रतिगमनलाई बल पुग्छ

काठमाडौँ- राष्ट्रिय जनमोर्चाले गठबन्धन विघटन भएकोमा प्रतिगमनलाई बल पुग्ने सम्भावना देखा परेको बताएको छ।

अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षरमा २०८० फागुन २२ गते मंगलबार प्रेसवक्तव्य जारी गर्दै राजमोले यस्तो आशंका व्यक्त गरेको हो ।

देशमा बहुदलीय व्यवस्था, गणतन्त्र र धर्मनिरपेक्षताका विरुद्ध खतरा बढ्दै गएको विश्लेषण गर्दै वक्तव्यमा भनिएको छ,‘२०६२–६३ सालको ऐतिहासिक आन्दोलनका उपलब्धिको रक्षामा हाम्रो जोड हुनेछ।’

राजमोले यी विषयका साथै राष्ट्रियता र जनजीविकाको सवालमा दृढतापूर्वक संघर्ष गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।

 

प्रकाशित: २२ फागुन २०८० ८:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three − one =