सप्तरी-२ : सिकेराउत अग्रता बढाउँदै, पछ्याउँदै उपेन्द्र यादव

हिमाल प्रेस ५ मंसिर २०७९ १३:०२
16
SHARES
सप्तरी-२ : सिकेराउत अग्रता बढाउँदै, पछ्याउँदै उपेन्द्र यादव

काठमाडौँ- सप्तरी-२ को मतगणना जारी छ। यहाँ पूर्वउपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सिके राउत)लगायतका नेता उम्मेदवार रहेकाले पनि यहाँको मत परिणामलाई चासोका साथ हेरिएको छ।

यहाँ जनमत पार्टीले सुरुवाती अग्रता लिएको छ। जनमत पार्टीका राउतले १०२० मत ल्याउँदा जसपाका यादवले ४५२ मात्रै ल्याएका छन्। लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार जयप्रकाश ठाकुरले ३०८ मत ल्याएका छन्।

उपेन्द्र यादवलाई नेकपा एमालेले पनि समर्थन गरेको थियो। सप्तरी २ मा रहेका दुई स्थानीय तहमा जनम पार्टीले दुई जित हात पारेको छ।

प्रकाशित: ५ मंसिर २०७९ १३:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 3 =