तस्बिरमा सुपथ मूल्य पसल

दिपेश श्रेष्ठ २३ असोज २०८० १८:३५ | Tuesday, October 10, 2023
तस्बिरमा सुपथ मूल्य पसल

काठमाडौँ- दसैँतिहारलाई लक्षित गरेर सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको छ। असोज २१ गते देखि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड थापाथलीले सुपथ मूल्य पसल सञ्चालन गरेको हो। काठमाडौँलगायत देशका विभिन्न ठाउँमा रहेका खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनका कार्यालय, डिपो, डिलर र घुम्ती पसलबाट छुटसहित खाद्य सामग्री बिक्री भइरहेको छ।

अनलाइनमार्फत अर्डर गर्ने काठमाडौँ उपत्यकाका उपभोक्ताका लागि निःशुल्क होमडेलिभरीको पनि व्यवस्था गरिएको छ। मंसिर ३ सम्म चल्ने सुपथ मूल्य पसल काठमाडौं उपत्यकामा थापाथली, कालीमाटी, जडीबुटी, कौशलटार, सतुंगल, सिफल र ३ वटा घुम्तीसहित ३५, उपत्यका बाहिर बनेपा, बिर्तामोड, विराटनगर, राजविराज, लहानलगायत ४२ जिल्लाका ४८ स्थानमा सञ्चालन भइरहेको छ।

प्रकाशित: २३ असोज २०८० १८:३५ | Tuesday, October 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast