क्रिकेट विश्वकप २०२३ का लागि भारतीय टिम घोषणा

हिमाल प्रेस ११ असोज २०८० २१:४१ | Thursday, September 28, 2023
क्रिकेट विश्वकप २०२३ का लागि भारतीय टिम घोषणा

काठमाडौँ- एक दिवसीय क्रिकेट विश्वकप २०२३ का लागि भारतीय टिम घोषणा गरिएको छ। भारतका पूर्वक्रिकेटर तथा विश्वकपका लागि खेलाडी छनोटकर्ता अजित अगरकरले बिहीबार १५ सदस्यीय टिमको टुंगो लगाएका हुन्।

रोहित शर्माको कप्तानीमा शुभमन गिल, विराट कोहली, श्रेयस अयर केएल राहुल टिममा छन्। त्यस्तै इशन किशन, सूर्यकुमार यादव, हार्दिक पाण्ड्या, रविन्द्र जडेजा, शर्दुल ठाकुर, आर आश्विन, कुलदि यादव, जस्प्रित बुमराह, महम्मद शामी र महम्मद सिराज टिममा छन्।

विश्वकप क्रिकेट प्रतियोगिता आउँदो ५ अक्टोबरदेखि भारतमा हुँदैछ। यस वर्षको विश्वकपमा आयोजक भारतसहित १० टिमको सहभागिता हुनेछ। विश्वकप क्रिकेटका लागि पाकिस्तानी क्रिकेट टिम पनि भारत आइपुगिसकेको छ।

अस्ट्रोलियाली क्रिकेट टिम भारतसँग एक दिवसीय श्रृंखला खेल्नका लागि यसअघि नै भारत आइसकेको छ। विश्वकप प्रतियोगिता सुरु हुनपूर्व प्रत्येक टिमले एकएक अभ्यास खेल खेल्नेछन्।

यस वर्ष विश्वकपमा एसोसिएट टिम नेदरल्याण्ड्ससहित आईसीसीले टेस्ट मान्यता दिएका अफगानस्तान, अस्ट्रेलिया, बंगलादेश, इंग्ल्यान्ड, न्यूजिल्यान्ड, पाकिस्तान, साउथ अफ्रिका, नेदरल्यान्ड्स र श्रीलंकाको सहभागिता हुनेछ।

क्रिकेट विश्वकप २०२३ खेल्ने सबै टिमको टुंगो, एसोसिएटबाट नेदरल्यान्ड्समात्रै

प्रकाशित: ११ असोज २०८० २१:४१ | Thursday, September 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast