क्रिकेट विश्वकप २०२३ खेल्ने सबै टिमको टुंगो, एसोसिएटबाट नेदरल्यान्ड्समात्रै

हिमाल प्रेस २१ असार २०८० २०:५२
10
SHARES
क्रिकेट विश्वकप २०२३ खेल्ने सबै टिमको टुंगो, एसोसिएटबाट नेदरल्यान्ड्समात्रै तस्बिर : आईसीसी

काठमाडौँ- आगामी अक्टोबर ५ तारिखदेखि भारतमा हुन लागेको एक दिवसीय क्रिकेट विश्वकप २०२३ मा नेदरल्यान्ड्स छनोट भएको छ। बिहीबार स्कटल्यान्डलाई ४ विकेटले हराउँदै नेदरल्यान्ड्स विश्वकपमा छनोट भएको हो।

जिम्बाबेमा भएको विश्वकप छनोट प्रतियोगिताबाट श्रीलंका यसअघि नै छनोट भइसकेको छ। बिहीबार भएको सुपर सिक्सअन्तर्गतको खेलमा स्कटल्यान्डले दिएको २७८ रनको लक्ष्य नेदरल्यान्ड्सले ४२.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको हो। नेदरल्यान्ड्सलाई विश्वकपमा छनोट हुनका लागि स्कटल्यान्डसँग ४४ ओभरमा जित्नैपर्ने थियो।

नेदरल्यान्ड्सका बास डे लेडेले सानदार अलराउन्ड प्रदर्शन गर्दै टिमलाई जिताए। ब्याटिङमार्फत ९२ बलमा १२३ रनको योगदान दिएका लेडेले ५ विकेट पनि लिएका थिए।

नेदरल्यान्ड्स विश्वकपमा छनोट भएसँगै अक्टोबर-नोभेम्बरमा भारतमा हुने विश्वकप खेल्ने सबै टिमको टुंगो लागेको छ। आईसीसीका अनुसार आयोजक भारतसहित अफगानस्तान, अस्ट्रेलिया, बंगलादेश, इंग्ल्यान्ड, न्यूजिल्यान्ड, पाकिस्तान, साउथ अफ्रिका, नेदरल्यान्ड्स र श्रीलंकाले विश्वकप खेल्नेछन्।

प्रकाशित: २१ असार २०८० २०:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − five =