धादिङको दम्पती हत्या अभियोगमा दुई बालक प्रहरीको नियन्त्रणमा

हिमाल प्रेस १ पुष २०७९ १८:३९ | Friday, December 16, 2022
धादिङको दम्पती हत्या अभियोगमा दुई बालक प्रहरीको नियन्त्रणमा प्रतीकात्मक तस्बिर।

धादिङ- धादिङको मूलपानीमा भएको दम्पती हत्या अभियोगमा दुई बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनास्थलमै बसेर अनुसन्धानमा खटिएको प्रहरी टोलीले स्थानीय दुई बालकलाई अनुसन्धानका लागि नियन्त्रण लिएको हो। जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका–३ मूलपानीको आहाले गाउँका ७४ वर्षीय बलबहादुर आलेमगर र ६७ वर्षीया निरमाया आलेमगर हत्या गरिएको अवस्थामा मङ्सिर २६ गते सोमबार बिहान घरमै फेला परेका थिए।

स्थानीयवासीका अनुसार प्रहरीले नियन्त्रणमा लिएका एक जना कक्षा ८ र अर्का कक्षा ६ मा अध्ययनरत बालक हुन्। उनीहरूसँग हत्या भएका दम्पतीले चलाउँदै आएको मोबाइल पनि प्रहरीले बरामद गरेको छ। नियन्त्रणमा लिएका दुवै बालकमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए। दुवैलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ।

प्रकाशित: १ पुष २०७९ १८:३९ | Friday, December 16, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast