प्रदेश र स्थानीय तहबीचको सहकार्य आवश्यक : मुख्यमन्त्री

हिमाल प्रेस १ पुष २०७९ १३:१६ | Friday, December 16, 2022
प्रदेश र स्थानीय तहबीचको सहकार्य आवश्यक : मुख्यमन्त्री

कर्णाली- कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले नागरिकस्तरसम्म विकासको अनुभूति गराउन प्रदेश र स्थानीय तहबीचको समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन्।

उनले प्रदेश सरकारसँगसँगै स्थानीय तहलाई हिँडाउनुपर्ने समेत जोड दिएका छन्।

मंसिर २८ गते बेलायती सरकारको सहयोगमा निर्मित ६७ किलोमिटर मुगु गमगढी–हुम्ला चंखेली गाउँपालिकाको देउलीसम्मको ग्रामीण सडक अवलोकनमा मुख्यमन्त्री मुगु पुगेका थिए।

मुख्यमन्त्री शाहीले जनताको चुल्हो नजिकको स्थानीय तह र आँगन नजिकको प्रदेश सरकारको समन्वय र सहकार्यबाट मात्र जनताको आवश्यकताअनुरुपको विकास हुने उनले बताए।

‘हामीले यो तीन दिनसम्म मुगुका ४५ वडाध्यक्षलाई राखेर सुशासनसम्बन्धी कार्यक्रम गरेका छौँ’, मुख्यमन्त्री शाहीले भने, ‘त्यसमा प्रदेश सरकारले गरेका विशेष कार्यक्रमका विषयमा पनि आवश्यक छलफल भएको छ।’

प्रकाशित: १ पुष २०७९ १३:१६ | Friday, December 16, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast