कोशी सरकारबारे शशांक भन्छन् : सरकार सर्वोच्चले नै चलाओस्

हिमाल प्रेस २४ भदौ २०८० १२:३३ | Sunday, September 10, 2023
कोशी सरकारबारे शशांक भन्छन् : सरकार सर्वोच्चले नै चलाओस् शशांक कोइराला

काठमाडौँ- नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा.शशांक कोइरालाले सर्वोच्च अदालतले सरकारमाथि हस्तक्षेप गरिरहेको टिप्पणी गरेका छन्। कोशी प्रदेशको विषयमा टिप्पणी गर्दै उनले सबै राजनीतिक विषय अदालत पुर्‍याइनु गतलब भएको बताएका हुन्।

आज आइतबार रामेछापमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘कोसी प्रदेशको राजनीति जटिल र अप्ठ्यारो छ। सर्वोच्चलाई यसमा ल्याउनै हुँदैन। सर्वोच्चले आफ्नो निर्णय गर्दिएपछि राजनीतिक बाटो नै पृथक भएर जान्छ। सर्वोच्च अन्तिम निर्णय गर्ने ठाउँ हो।’

उनले सबै विषय अदालत नै लगिएको भन्दै थपे, ‘सबै कुरा यहाँ लाने भए सर्वोच्चले सरकार चलाओस्, हामी किन चलाउने।’ उनले कोसीको समस्या सबै पार्टीहरूले एक ठाउँमा उभिएर समाधान गर्नुपर्ने धारणा राखे।

कोशीमा कांग्रेसका संसदीय दलका नेता उद्धव थापाले विश्वासको मत लिन सभामुखको मत पनि प्रयोग गरेपछि उनको उनलाई सर्वोच्चले बर्खास्त गर्दै एमालेका हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो। उक्त आदेशपछि कांग्रेसका नेताहरू सर्वोच्चको आलोचनामा उत्रिएका हुन्।

प्रकाशित: २४ भदौ २०८० १२:३३ | Sunday, September 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast