 
                             
                                            काठमाडौँ- बलिउड फिल्म ‘जवान’ आजदेखि नेपालमा प्रदर्शन गरिएको छ। फिल्ममा बलिउड अभिनेता शाहरुख खानको मुख्य भूमिकामा छन्।
यस साता हलमा नयाँ नेपाली फिल्म प्रदर्शनमा छैनन्। केही साता अघि प्रदर्शन भएको फिल्म ‘ऐचोंपैचौं’ केही हलहरूमा चलिरहेको छ। कारण ‘जवान’ फिल्मले नेपालका हलमा उच्च सो पाएको छ।
एट्ली निर्देशित फिल्ममा शाहरुखसहित नयनतारा, विजय सेतुपथी, दीपिका पादुकोणलगायत कलाकारको अभिनय छ।
एक्सन र थ्रिलर जनरामा बनेको फिल्म जिके विष्णुको छायांकन, रूबेनको सम्पादनमा बनेको छ। फिल्ममा गौरी खानले लगानी गरेका छन्।
फिल्म क्यूएफएक्स सिनेमाज, आईएनआई सिनेमा, क्यूज सिनेमाज, सीडीसी सिनेमाज, बीएसआर मुभिज, विश्वज्योति सिनेप्लेक्स, अष्टनारायण हल, कीर्तिपुर सिनेप्लेक्सलगायत हलमा फिल्मको थुप्रै सो छ।
                            प्रकाशित: २१ भदौ  २०८० १३:२८ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                             ![प्रहरी जवानदेखि एसएसपीसम्मका ३२ जनालाई कारबाही सिफारिस [सूचीसहित]](https://himalpress.com/wp-content/uploads/2023/12/nepal-police-himal-press.jpg) 
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 