एआईजी सरुवाबारे पूर्वएआईजीले भने : डर छेरुवा, पानी मरुवा र गोजी भरुवाको कुरा बुझ्न गाह्रो छैन

हिमाल प्रेस ४ भदौ २०८० १७:२३ | Monday, August 21, 2023
एआईजी सरुवाबारे पूर्वएआईजीले भने : डर छेरुवा, पानी मरुवा र गोजी भरुवाको कुरा बुझ्न गाह्रो छैन

काठमाडौँ- सरकारले हालै गरेको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सरुवालाई लिएर प्रहरीकै एक पूर्वएआइजीले आलोचना गरेका छन्। पूर्वएआईजी राजेन्द्रसिंह भण्डारी भण्डारीले समाजिक सञ्जालमार्फत एआईजी सरुवाप्रति असन्तुष्टि व्यक्त गरेका हुन्। उनले प्रहरीकै उच्च नेतृत्वको पनि आलोचना गरेका छन्।

‘डर छेरुवा, पानी मरुवा, र गोजी भरुवा को प्रभावमा परेको प्रहरीका उच्चतहका अधिकृतको सरुवाले दिन खोजेको संदेश बुझ्न खासै गाह्रो छैन। यो सर्ने, सार्ने र विधि मार्नेले ल्याउन खोजेको परिणाम पनि अनुमानयोग्य नै छ’ उनले भनेका छन्, ‘जे होस् टेलर र फिल्मको नौटंकीको पनि देहावसान भयो, सिनेमा हलमा फेरि नयाँ फिल्म लाग्ने नै छ, धैर्य त गर्नै पर्‍यो।’

सरकारले ५ जना एआईजीको सरुवा गरेपछि चौतर्फी आलोचना भइरहेको छ।

एआईजीको सरुवा गर्न गृहमन्त्री र आईजीपीलाई कांग्रेसको दबाब, कसलाई कहाँ पठाउने चलखेल?

किन भयो भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गरिरहेका ज्ञवालीसहित पाँच एआईजीको सरुवा?

५ एआईजीको सरुवा (को-कहाँ?)

प्रकाशित: ४ भदौ २०८० १७:२३ | Monday, August 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast