हवल्दारलाई मरणासन्न हुने गरी कुट्ने सईविरुद्ध ज्यान मार्ने उद्योगमा अनुसन्धान सुरु

हिमाल प्रेस २६ साउन २०८० १७:४३ | Friday, August 11, 2023
हवल्दारलाई मरणासन्न हुने गरी कुट्ने सईविरुद्ध ज्यान मार्ने उद्योगमा अनुसन्धान सुरु

काठमाडौँ- नेपाल प्रहरीका सहायक हवल्दारमाथि कुटपिट गर्ने सईमाथि ज्यान मार्ने उद्योगमा अनुसन्धान सुरु गरिएको छ। साउन १० गते प्रशिक्षक अनन्त थापाले दिएको पार्टीमा सहभागी हुन पुगेका नेपाल पुलिस क्लबका खेलाडी भरत शाह (सहायक हवल्दार)लाई अर्का खेलाडी रितेश थापा(सई)ले कुटपिट मरणासन्न हुने गरी कुटेका थिए। थापा पुलिस क्लबका पूर्वकप्तान पनि हुन्।

पीडित परिवारले दिएको उजुरीको आधारमा थापामाथि अनुसन्धान अघि बढेको प्रहरीले जनाएको छ। काठमाडौँ प्रहरी परिसर प्रमुख एसएसपी दानबहादुर कार्कीले भने, ‘पीडित परिवारले ज्यान मार्ने उद्योगमा उजुरी दिएका छन्। प्रहरीले आन्तरिक अनुसन्धान गर्दैछ।’

थापाविरुद्ध मुद्दा दर्ता भने भइसकेको छैन। घाइते शाहको ललितपुरस्थित बीएन्डबी अस्पतालमा उपचार भइरहेको छ। कुटपिट गर्ने थापा भने अहिले अस्ट्रेलिया पुगेका छन्।

प्रहरी प्रशिक्षण प्रतिष्ठानले कुटपिटको घटना छानबिनका लागि एसएसपी बेलप्रसाद पाण्डेको संयोजकत्वमा समिति पनि बनाएको छ।

थापालाई प्रहरीले निलम्बन भने गरिसकेको छ।

सहायक हवल्दारमाथि निर्घात कुटपिट गर्ने सई निलम्बित

 

प्रकाशित: २६ साउन २०८० १७:४३ | Friday, August 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast