सहायक हवल्दारमाथि निर्घात कुटपिट गर्ने सई निलम्बित

हिमाल प्रेस १९ साउन २०८० १४:५९
2.6k
SHARES
सहायक हवल्दारमाथि निर्घात कुटपिट गर्ने सई निलम्बित

काठमाडौँ- नेपाल प्रहरीकै खेलाडीमाथि कुटपिट गर्ने प्रहरीलाई निलम्बन गरिएको छ। बंगलादेशमा भएको मैत्रीपूर्ण खेल जितेर फर्किएको राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक अनन्त थापाले दिएको पार्टीमा सहभागी हुन पुगेका नेपाल पुलिस क्लबका खेलाडी भरत शाह (सहायक हवल्दार)लाई अर्का खेलाडी रितेश थापा(सई)ले कुटपिट गरेका हुन्। थापा पुलिस क्लबका पूर्वकप्तान पनि हुन्। घटना साउन १० गतेको हो।

प्रशिक्षक थापाले कमल पोखरीस्थित एक रेस्टुरेन्टमा खुसी साट्न भन्दै पार्टी दिएका थिए। पार्टीमा मादक पदार्थ सेवनपछि झगडा परेको बताइएको छ। कुटपिटमा उत्रिएका थापालाई प्रहरीले निलम्बन गरी अनुसन्धान अघि बढाएको प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रमुख एआईजी टेकप्रसाद राईले जानकारी दिए।

‘कुटपिटमा संलग्न भएको पाइएपछि सईलाई निलम्बन गरी छानबिन अघि बढेको छ,’ राईले भने। प्रहरी प्रशिक्षण प्रतिष्ठानले कुटपिटको घटना छानबिनका लागि एसएसपी बेलप्रसाद पाण्डेको संयोजकत्वमा समिति पनि बनाएको छ।

प्रकाशित: १९ साउन २०८० १४:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 7 =