सरकारले ल्याएको अध्यादेश तत्काल फिर्ता होस् : रवि लामिछाने

हिमाल प्रेस २५ मंसिर २०७९ २३:२७ | Sunday, December 11, 2022
सरकारले ल्याएको अध्यादेश तत्काल फिर्ता होस् : रवि लामिछाने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आइतबार बसेको मन्त्रिपरिषद् बैठकले रेशम चौधरीसहितलाई आम माफी दिने गरी कानुन संशोधनका लागि ल्याएको अध्यादेश तत्काल फिर्ता गर्न सरकारलाई आग्रह गरेका छन्।

नयाँ संसद् बस्ने समयमा काम चलाउ सरकारले अध्यादेश ल्याएर सरकारले जनादेशको मर्म मिचेको भन्दै लामिछानेले आपत्ति जनाएका हुन्। ‘अब नयाँ संसदको बैठक बस्न कति समय लाग्ला? १ हप्ता? २ हप्ता ? ३ हप्ता ?त्यस्तो के आपत्काल लागेको थियो र १-२ हप्ता पनि कुर्न नसकिने?,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो अध्यादेशले नयाँ जनादेशको मर्म मिचेको छ,नयाँ संसद्को अधिकार मिच्ने प्रयास भएको छ। यो कदम राजनीतिक निर्लज्जताको पराकाष्ठा हो।यो तत्काल फिर्ता हुनपर्छ।’

चौधरी टिकापुर हत्याकान्डका मुख्य दोषी ठहर भई अहिले डिल्ली बजार कारागारमा छन्। उनी संस्थापक रहेको नागरिक उन्मुक्ति पार्टीले अहिलेको निर्वाचनमा तीन सिट प्रत्यक्षमा जितेको छ। कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा अहिलेकै सत्ता गठबन्धनबाट बहुमत पुर्‍याएर आफैँले फेरि सरकारको नेतृत्व गर्ने तयारी गरिरहेका छन्।

सोही तयारीअनुसार नै चौधरीलाई माफी दिई उनको पार्टीलाई सरकारमा सामेल गराउन लागिएको छ। उक्त पार्टीले पनि चौधरी रिहा भने सरकारमा सहभागी हुने बताउँदै आएको छ।

प्रकाशित: २५ मंसिर २०७९ २३:२७ | Sunday, December 11, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast