संसदीय समितिले पूर्णता नपाए एमाले सहभागी नहुने

हिमाल प्रेस १४ साउन २०८० १६:५७ | Sunday, July 30, 2023
संसदीय समितिले पूर्णता नपाए एमाले सहभागी नहुने

काठमाडौँ- नेकपा एमालेले संसदीय समितिले पूर्णता नपाए आगामी बैठकहरूमा सहभागीता नजनाउने चेतावनी दिएको छ।

सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतका सार्वजनिक लेखा समिति बैठकमा एमाले सचिव योगेश भट्टराईले संसदीय समितिले पूर्णता नपाएसम्म एमाले समितिका आगामी बैठकमा सहभागी नहुने स्पष्ट पारेका हुन्। संसदीय प्रक्रियाअनुसार संसद् र समितिहरू चल्न नसकेको भन्दै उहाँले गठबन्धनका कारण समितिहरूले पूर्णता पाउन नसकेको दाबी गरे।

सत्तारुढ गठबन्धनका कारण सिर्जना भएको समस्याको भारी प्रतिपक्षले बोक्न नसक्ने भन्दै संसदीय प्रक्रियाअनुसार समितिले पूर्णता नपाए यसपछिका कुनै पनि बैठकमा उपस्थित नहुने बताए। संसदीय समितिका नेतृत्वमा प्रतिपक्षी दल एमालेले कुनै भागबन्डा नमागेको उनको भनाइ छ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले लामो समय समितिले नेतृत्व नपाउदा संसद र सांसदको गरिमा घटाउने काम गरेको र भविष्यमा नराम्रो नजिर बस्ने बताए। उनले छिटोभन्दा छिटो समितिको नेृतत्व प्रदान गर्न सत्तापक्ष गम्भीर हुनुपर्ने धारणा राखे।

समितिका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले समितिको नेतृत्व चयनका लागि सम्बन्धीत पक्षलाई ध्यानाकर्षण गराइने बताए। बैठकले समितिको आन्तरिक कार्यविधि पनि पारित गरेको छ।

प्रकाशित: १४ साउन २०८० १६:५७ | Sunday, July 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast