सन्दर्भ : बाघ दिवस

नेपालकाेभन्दा भारतमा करिब १० गुणा बढी बाघ

हिमाल प्रेस १३ साउन २०८० १९:४० | Saturday, July 29, 2023
नेपालकाेभन्दा भारतमा करिब १० गुणा बढी बाघ फाइल तस्बिर।

काठमाडाैँ- भारतमा नेपालकाे तुलनामा करिब १० गुणा बढी बाघ रहेका छन्। लोपोन्मुख प्रजातिका बाघको संरक्षण प्रयास गरिएकाे जानकारी दिँदै शनिबार भारत सरकारले सार्वजनिक गरेको तथ्यांकअनुसार भारतमा बाघको संख्या नेपालकाे तुलनामा करिब १० गुणा बढी रहेकाे पाइएकाे हाे। सार्वजनिक तथ्यांकअनुसार भारतमा बाघकाे संख्या तीन हजार ६ नाघेको अनुमान गरिएको छ। नेपालमा हाल बाघकाे संख्या ३ सय ५५ रहेकाे सरकारी तथ्यांक छ।

कुनै बेला मध्य, पूर्वी र दक्षिणी एसियामा बाघको अत्यधिक चहलपहल हुने भारतमा पछिल्लो शताब्दीमा बाघले आफ्नो ऐतिहासिक दायराको करिब ९५ प्रतिशत हिस्सा गुमाइसकेको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

क्यामेरामा आधारित सर्वेक्षणपछि अप्रिलमा बाघको सङ्ख्या बढेर तीन हजार १६७ पुगेको भारतले घोषणा गरेको छ। वाइल्डलाइफ इन्स्टिच्युट अफ इन्डियाले गरेको सोही सर्वेक्षणको तथ्यांकलाई थप विश्लेषण गर्दा देशभर बाघको संख्या तीन हजार ६८२ रहेको अनुमान गरिएको भारत सरकारले बताएकाे छ।

यो आँकडाले वार्षिक ६.१ प्रतिशतको वार्षिक वृद्धिदर लाई प्रतिबिम्बित गरेको भारत सरकारकाे भनाइ छ। सन् १९४७ मा बेलायतबाट स्वतन्त्र हुँदा भारतमा बाघको संख्या करिब ४० हजार रहेको अनुमान गरिएको थियो।

त्यसपछिका दशकहरूमा यो संख्या घटेर सन् २००२ मा तीन हजार ७०० मा झरेको थियो र त्यसको चार वर्षपछि यो संख्या एक हजार ४११ मा झरेको थियो। वन फँडानी, चोरी सिकारी र बासस्थानमाथिको मानवीय अतिक्रमणले एसियामा बाघको संख्या घटेकाे छ।

बाघको संख्या बढेर तेब्बर, व्यवस्थापनमा चुनौती

शुक्लाफाँटामा थोरै क्षेत्रफल, धेरै बाघ

प्रकाशित: १३ साउन २०८० १९:४० | Saturday, July 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast