तनहुँमा ऋणको प्रलोभन देखाई ७ लाख ठग्‍ने व्यक्ति पक्राउ

हिमाल प्रेस १३ साउन २०८० १२:१४ | Saturday, July 29, 2023
तनहुँमा ऋणको प्रलोभन देखाई ७ लाख ठग्‍ने व्यक्ति पक्राउ सांकेतिक तस्बिर।

तनहुँ– जिल्ला प्रहरी कार्यालय तनहुँले ठगी गरेको आरोपमा १ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बर्दिया बासगढी नगरपालिका-५ झोडिया स्थायी घर भई हाल तनहुँको व्यास नगरपालिका-१ अम्रेनी बस्ने ५० वर्षीय महेश गिरी भनिने मेघनाद गिरी रहेको प्रहरीले जनाएको छ।

हाम्रो हात नेपाल प्रालिमा शेयर लगानी गर्ने किसानलाई कृषि फार्ममा सहुलियत ऋणको प्रलोभन देखाई ०७८ सालमा पुसमा व्यास नगरपालिका-१० अधेँरी भञ्ज्याङका महिलाबाट ७ लाख ५० हजार ठगी गरी फरार निजलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक (डीएसपी) मोहन खाणले जानकारी दिए।

निजविरुद्ध महिलाले प्रहरी कार्यालयमा उजुरी दिएका थिए। पक्राउ परेका उनीविरुद्ध तनहुँ अदालतबाट शुक्रबार ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १३ साउन २०८० १२:१४ | Saturday, July 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast