अनेरास्ववियुले शैक्षिक संस्थामा तालाबन्दी नगर्ने

हिमाल प्रेस ८ साउन २०८० ९:३९ | Monday, July 24, 2023
अनेरास्ववियुले शैक्षिक संस्थामा तालाबन्दी नगर्ने

काठमाडौँ- नेकपा एमालेको विद्यार्थी संगठन (अनेरास्ववियु)का अध्यक्ष समिक बडालले कुनै पनि शैक्षिक संस्थामा अनेरास्ववियुले तालाबन्दी नगर्ने बताएका छन्।

आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष बडालले तालबन्दीरहित शिक्षालय अनेरास्ववियुको शैक्षिक सुधार अभियानको प्रतिबद्धता रहने बताए।

तालाबन्दीका कारण विद्यालय, क्याम्पस र विश्वविद्यालयहरू अस्तव्यस्त भएका र विद्यार्थीको पढाइ प्रभावित भएको भन्दै उनले अबदेखि अनेरास्ववियुले कुनै पनि शैक्षिक संस्थामा तालाबन्दी नगर्ने प्रतिबद्धता जनाए।

तल्लो कमिटीलाई तालाबन्दी नगर्न निर्देशन दिइसकिएको अध्यक्ष बडालले बताए।

विद्यार्थीको हकहित र अधिकारको लागि अनेरास्ववियु लड्दै आइरहेको स्मरण गराउँदै उनले शिक्षा क्षेत्रमा देखिएका बेथिति अन्त्यका लागि सधैं अग्रमोर्चामा रहने प्रतिबद्धता पनि जनाए।

विश्वविद्यालयका पदाधिकारी राजनीतिक नभइ क्षमता र योग्यताका आधारमा नियुक्ति गर्न सरकारलाई दबाब दिने पनि उनले बताए।

प्रकाशित: ८ साउन २०८० ९:३९ | Monday, July 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast