काठमाडौँ- नेकपा एमाले महासचिव शंकर पोखरेलले सुन तस्करीमा सरकारको नेतृत्व गरिरहेका दलका जिम्मेवार नेताको नामसमेत मुछिनुले स्थिति गम्भीर बनेको बताएका छन्।
राष्ट्रलाई नै लज्जित बनाउने यस्ता घटनामा संसद्को ध्यान जान जरुरी रहेको उनको भनाइ छ।
‘दिनहुँ सुन तस्करीका समाचार आइरहेका छन्। सुन तस्करीमा सडक मात्र होइन हवाई मार्गको समेत प्रयोग भइरहेको छ,’ महासचिव पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हिजो त विमानस्थलको सुरक्षा प्रणालीलाई पार गरेर बाहिरिएको एक क्विन्टल सुन समातिएको छ। यसमा जनप्रतिनिधिमूलक निकाय प्रतिनिधिसभाको ध्यान गम्भीर रूपमा जान आवश्यक छ।’
प्रकाशित: ४ साउन २०८० १०:०९ | Thursday, July 20, 2023
प्रतिक्रिया


