काठमाडौँमा दुई पांग्रे सवारी पार्किङ गरेको २५, चार पांग्रेको ७५ रुपैयाँ

हिमाल प्रेस १ साउन २०८० १७:५६ | Monday, July 17, 2023
काठमाडौँमा दुई पांग्रे सवारी पार्किङ गरेको २५, चार पांग्रेको ७५ रुपैयाँ

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले सवारी साधन पार्किङ शुल्क पनि निर्धारण गरेको छ। महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले दुई पाङग्रे सवारी साधनको प्रतिघण्टा २५ रुपैयाँ र चार पाङग्रे सवारी साधनको प्रतिघण्टा ७५ रुपैयाँ पार्किङ शुल्क निर्धारण गरिएको जानकारी दिएकी हुन्।

उनले आम सेवाग्राहीको गुनासो सुनुवाइ गर्न र सवारी साधनको पार्किङ शुल्कमा एकरुपता ल्याउन शुल्क निर्धारण गर्नु परेको स्पष्ट पारिन्। जसअनुसार काठमाडौँ महानगरपालिकाभित्र २ पाङग्रे सवारी साधनले आधा घण्टाको पार्किङ शुल्क भने १५ रुपैयाँ मात्रै तिर्नुपर्ने हुन्छ।

एक घण्टाको २५ रुपैयाँ र एक घण्टाभन्दा बढि थप हुँदै गयो भने हरेक १५ मिनेटमा ५/५ रुपैयाँ शुल्क थप गर्ने व्यवस्था गरिएको पनि डंगोलको भनाइ छ।

‘धेरैको गुनासो, आम नागरिकको गुनासो पार्किङ शुल्क कतै कति, कतै कति। कतै ४ सय भने भने कतै २० रुपैयाँ, कतै २५ रुपैयाँ । कतै ५ सय छ । फरक, फरक भयो । यो हुँदाखेरी चाँही सेवाग्राही पनि अन्यौलमा । र, सँगसँगै सेवा दिनु हुनेहरूलाई पनि कसरी रेट तोक्ने भन्ने खालको अन्यौल । त्यसकारण महानगरपालिकाले शुल्क पनि तोकेको छ,’ उनले भनिन्।

चार पाङग्रे गाडी आधा घण्टा पार्किङ गरे ४० रुपैयाँ शुल्क लाग्नेछ। त्यस्तै एक घण्टासम्म पार्किङ गरे ७५ रुपैयाँ शुल्क लाग्नेछ। त्यसपछि पनि थप हुँदै गयो भने हरेक १५ मिनेटको १५ रुपैयाँ थप हुँदै जाने डंगोलको भनाइ छ।

प्रकाशित: १ साउन २०८० १७:५६ | Monday, July 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast