काठमाडौँ महानगरका ४८१ विद्यालय कर्मचारी र शिक्षक सामाजिक सुरक्षा कोषमा आबद्ध हुने

हिमाल प्रेस ५ भदौ २०८३ ७:०६ | Friday, August 21, 2026
काठमाडौँ महानगरका ४८१ विद्यालय कर्मचारी र शिक्षक सामाजिक सुरक्षा कोषमा आबद्ध हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाअन्तर्गतका विद्यालयमा कार्यरत ४८१ शिक्षक तथा कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने निर्णय भएको छ।

महानगरपालिकाले विद्यालयमा विभिन्न भूमिकामा कार्यरत जनशक्तिलाई सामाजिक सुरक्षा योजनामा समेट्ने निर्णय गरेको हो।

निर्णयअनुसार नेपाल भाषा प्रशिक्षण सहायक १७२, तामाङ भाषा प्रशिक्षण सहायक एक, प्राविधिक धारका शिक्षक १६, प्रशिक्षक ३२, सहायक प्रशिक्षक १६, विद्यालय सहायक एक, आया ८७, प्रारम्भिक बाल विकास शिक्षक १२३ र विद्यालय नर्स ३३ जना सामाजिक सुरक्षा कोषमा आबद्ध हुनेछन्।

सामाजिक सुरक्षा कोषमा आबद्ध भएपछि ती शिक्षक तथा कर्मचारीले कोषबाट उपलब्ध हुने सामाजिक सुरक्षा योजनाको सुविधा प्राप्त गर्ने बाटो खुल्नेछ।

महानगरपालिकाले विद्यालयमा कार्यरत विभिन्न श्रेणीका कर्मचारीलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने उद्देश्यले यो निर्णय गरेको जनाएको छ।

महानगरका अनुसार निर्णयबाट विद्यालयमा कार्यरत ४८१ जनाको सामाजिक सुरक्षा सुनिश्चित गर्न सहयोग पुग्नेछ।

प्रकाशित: ५ भदौ २०८३ ७:०६ | Friday, August 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast