फाइल तस्बिर।
काठमाडाैँ- सरकारले सहसचिव घनश्याम उपाध्यायलाई सचिवमा बढुवा गरेकाे छ। मंगलबार बसेकाे मन्त्रिपरिषद्काे बैठकले उपाध्यायलाई सचिवमा बढुवा गर्ने निर्णय गरेकाे हाे।
सरकारकी प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले उक्त जानकारी दिइन्। ‘निजामति सेवाको राजपत्रांकित विशिष्ट श्रेणीको रिक्त पदमा घनश्याम उपाध्यायलाई बढुवा गर्ने निर्णय गरिएकाे छ’ उनले भनिन्।
त्यस्तै सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यावधि संवत् २०८० पुस मसान्तसम्म थप गर्न बाधा अड्काउफुकाउको आदेश जारी गर्ने निर्णय पनि गरेकाे छ।
प्रकाशित: १९ असार २०८० १८:०९ | Tuesday, July 4, 2023
प्रतिक्रिया



