कांग्रेस र एमालेको सरकार बन्ने सुनेको छु : शशांक कोइराला

हिमाल प्रेस ११ असार २०८० १७:२८ | Monday, June 26, 2023
कांग्रेस र एमालेको सरकार बन्ने सुनेको छु : शशांक कोइराला

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर नयाँ सरकार बनाउने कुरा सुनेको बताएका छन्। तर यसबारे पार्टी सभापतिसँग कुनै छलफल नभएको उनले बताए।

सोमबार संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले कांग्रेस र एमाले मिलेर सरकार बनाउने सुने पनि पार्टी सभापतिसँग छलफल नभएको बताएका हुन्।

नयाँ समीकरणबारे पार्टी सभापतिसँग भेटेर कुरा गरेपछि मात्रै यथार्थ कुरा बाहिर आउने उनको भनाइ थियो। पार्टी सभापति शेरबहादुर देउवा हुञ्जेलसम्म पार्टीबाट अर्को कोही पनि व्यक्ति प्रधानमन्त्री बन्न नसक्ने पनि उनले बताए।

प्रकाशित: ११ असार २०८० १७:२८ | Monday, June 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast