बियरमा प्रतिलिटर ७ रुपैयाँ अन्तःशुल्क वृद्धि

हिमाल प्रेस १५ जेठ २०८० २२:२० | Monday, May 29, 2023
बियरमा प्रतिलिटर ७ रुपैयाँ अन्तःशुल्क वृद्धि संसद् बैठकमा सोमबार बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महत।

काठमाडौँ- सरकारले बियरमा प्रतिलिटर ७ रुपैयाँका दरले अन्तःशुल्क कर बढाएको छ। आगामी आर्थिक वर्ष ०८०/८१ को बजेट तथा अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न ल्याइएको अर्थसम्बन्धी विधेयकमार्फत उक्त अन्तः शुल्क लगाइएको हो।

अर्थसम्बन्धी विधेयक सार्वजनिक गरिएसँगै उक्त कर कार्यान्वयनमा आइसकेको छ। त्यस्तै सरकारले पाँचतारे होटेलमा बस्ने तथा सेवा लिनेबाट थप २ प्रतिशत कर लिने भएको छ।

अर्थसम्बन्धी विधेयकबाट उक्त कर लिइने घोषणा गरेसँगै कार्यान्वयनमा आइसकेको छ। त्यस्तै विदेश घुम्न जानेहरूले ५ प्रतिशत अतिरिक्त कर र पढ्न जानेले २ प्रतिशत अतिरिक्त कर तिर्नुपर्ने प्रावधान अर्थसम्बन्धी विधेयकमार्फत गरिएको छ।

प्रकाशित: १५ जेठ २०८० २२:२० | Monday, May 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast