विपत् अपडेट : मृतकको संख्या १७७, चितवनमा भेटियो ६९ शव

हिमाल प्रेस ११ भदौ २०८३ १२:३६ | Thursday, August 27, 2026
विपत् अपडेट : मृतकको संख्या १७७, चितवनमा भेटियो ६९ शव बाढी प्रभावित क्षेत्रमा लानका लागि बिहीबार त्रिभुवन विमानस्थलमा राहत सामग्री हेलिकप्टरमा लोड गर्दै नेपाली सेना। तस्बिर : रासस

काठमाडौँ- भोटेकोशीमा आएको आकस्मिक बाढीमा परेका १७७ जनाको शव विभिन्न स्थानमा फेला परेको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार सबैभन्दा बढी चितवनमा ६९, धादिङमा २७, पूर्वी नवलपरासीमा ३२, गोरखामा २०, नुवाकोटमा १२, तनहुँमा ९, नवलपरासी पश्चिम ६ र रसुवामा २ शव फेला परेको हो।

प्रहरीतर्फ २८ जना अझै सम्पर्कमा नरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

भोटेकोशी नदीमा आएको बाढीपछिको उद्धार, राहत तथा सहायतका लागि विभिन्न जिल्लामा ३३ सय १८ प्रहरी परिचालन गरिएको प्रहरी प्रधान कार्यालयले बताएको छ। विभिन्न अस्पतालमा ३३ जना उपचारमा रहेका छन्।

प्रकाशित: ११ भदौ २०८३ १२:३६ | Thursday, August 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast