तीन दलका शीर्ष नेता सिंहदरबारमा, सदन सञ्चालनमा सहमति जुटाउने प्रयास

हिमाल प्रेस १३ जेठ २०८० ९:१० | Saturday, May 27, 2023
तीन दलका शीर्ष नेता सिंहदरबारमा, सदन सञ्चालनमा सहमति जुटाउने प्रयास सिंहदरबारमा शनिबार बसेको कांग्रेस, एमाले र माओवादी नेताहरूको बैठक। तस्बिर सौजन्य : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा बैठक सञ्चालनबारे राजनीतिक दलका नेताहरूसँग परामर्श गरेका छन्। प्रधानमन्त्री प्रचण्ड प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अवरुद्ध गरेको प्रतिनिधिसभा बैठक सञ्चालन गर्ने विषयमा समझदारी जुटाउने कोसिसमा जुटेका हुन्।

सिंहदरबारमा शनिबार बिहान भएको छलफलमा प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली लगायत सहभागी छन्। प्रतिनिधिसभाको कामकारबाही अघि बढाउन राजनीतिक तहमा समझदारी बनाउने कोसिसमा प्रधानमन्त्रीले नेताहरूसँग छलफल गरेका हुन्।

माओवादी सांसदले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै पशुपतिमा चढाइएको जलहरीमा भ्रष्टाचार गरेपछि एमाले आक्रोशित भएको छ। सोही कारण एमालेले शुक्रबारको संसद् बैठक अवरुद्ध गरेको थियो। दिउँसो अवरुद्ध गरिएको बैठक साँझ डाकिए पनि बस्न सकेन। प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रमबारे छलफल जारी छ। बैठक शनिबार दिउँसो ४ बजे बस्नेछ।

प्रकाशित: १३ जेठ २०८० ९:१० | Saturday, May 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast