बझाङमा हिमपहिरो, केही व्यक्ति सम्पर्कविहीन

हिमाल प्रेस ७ जेठ २०८० १८:५३ | Sunday, May 21, 2023
बझाङमा हिमपहिरो, केही व्यक्ति सम्पर्कविहीन फाइल तस्बिर

काठमाडौँ- बझाङमा हिमपहिरोमा परी केही व्यक्ति सम्पर्कविहीन भएका छन्। बझाङको सुर्मा गाउँपालिका-२को धानशेरा पाटनमा गएको हिमपहिरोमा परी केही व्यक्ति  सम्पर्कविहीन भएका हुन्।

सुर्मा गाउँपालिकाका अध्यक्ष खडकबहादुर बोहोराले पाटनमा हिमपहिरोमा परेर केही व्यक्ति सम्पर्कविहीन भएका बताए। ‘चार-पाँच जना त्यहाँ (पाटनमा) रहेका भन्ने कुरा छ,’ उनले हिमाल प्रेससँग भने, ‘सम्पर्क कसैसँग हुन सकेको छैन। प्रहरी गइरहेको छ। एक छिनमा केही थाहा होला कि।’

उनका अनुसार भानसेरा पाटनमा यार्सा टिप्नका लागि केही व्यक्ति गएका थिए। धानशेरा पाटन पुग्न बझाङ सदरमुकामबाट एक दिनभन्दा बढी समय लाग्ने बताइएको छ।

प्रकाशित: ७ जेठ २०८० १८:५३ | Sunday, May 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast