जब विद्यार्थीले कैदीको भेषमा भ्रष्टाचारको विरोध गरे

हिमाल प्रेस ३१ वैशाख २०८० १३:३५ | Sunday, May 14, 2023
जब विद्यार्थीले कैदीको भेषमा भ्रष्टाचारको विरोध गरे

काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नहरूलाई उन्मुक्ति नदिन माग गर्दै नेविसंघको एउटा समूहले आइतबार काठमाडौँमा प्रदर्शन गरेको छ। उनीहरूले कैदीको भेषमा भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेका हुन्।

काठमाडौंको त्रिचन्द्र क्याम्पसमा नेविसंघको एक समूहले शरणार्थी प्रकरण देशद्रोही काम भएकाले यसमा संलग्नहरूलाई उन्मुक्ति दिन नहुने भन्दै घण्टाघर क्षेत्रमा प्रदर्शन गरे।

प्रदर्शनमा सहभागीहरूले भ्रष्टाचारी होसियार, देश बेच्न पाइँदैन, टोपबहादुर रायमाझी कता हरायो?, सभापतिज्यू बालकृष्ण खाँणलाई कारबाही किन नगरेकोजस्ता नारा लगाएका थिए।

उनीहरूले आफ्ना नेताहरू सो प्रकरणमा संलग्न भए पनि दोषी भए कडा कानुनी कारबाही हुनुपर्ने बताएका छन्। विद्यार्थीहरुले शरणार्थी प्रकरणमा कुनै दबाबबिना अघि बढ्न सरकारलाई सुझाव दिएका छन्।

प्रकाशित: ३१ वैशाख २०८० १३:३५ | Sunday, May 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast