सभापति शेरबहादुर देउवा
काठमाडौँ- नेपाली कांग्रेसको पदाधिकारी बैठक डाकिएको छ। सभापति शेरबहादुर देउवाले आजै केहीबेरमा बस्ने गरी बैठक बोलाइएको छ। एक नेताका अनुसार बैठक ५:१५ बजे बस्नेछ।
बैठक सभापति देउवाको अस्थायी निवास धुम्बाराहीमा बस्नेछ। बैठकमा केन्द्रीय सदस्यसमेत रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेको बारे छलफल हुने बताइएको छ। खाणलाई प्रहरीले आज बिहान उनकै निवासबाट पक्राउ गरेको थियो।
उनीविरुद्ध जिल्ला अदालत काठमाडौँबाट चार दिनको म्याद लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ।
प्रकाशित: २७ वैशाख २०८० १७:०१ | Wednesday, May 10, 2023
प्रतिक्रिया



