 फाइल तस्बिर।
                             फाइल तस्बिर।
                                            काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच अहिले छलफल जारी छ।
सिंहदरबारमा जारी भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको छ।
नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै एक अर्ब ठगी प्रकरणमा एमाले सचिव तथा सांसद टोपबहादुर रायमाझीविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ।
यसअघि पनि नक्कली भुटानी प्रकरणबारे बुझ्न ओली सिंहरदरबार पुगेका थिए। भेटमा ओलीले बहालवाला सांसदलाई पक्राउ गर्नु आपत्ति रहेको आशय व्यक्त गरेका थिए।
शरणार्थी प्रकरणमा उच्च तहका नेताको नाम आएपछि राजनीतिक भेटघाट बढेको छ।
                            प्रकाशित: २३ वैशाख  २०८० १२:४२ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 