सीमा क्षेत्रमा शान्ति कायम गर्न भारत र चीनबीच सम्झौता

हिमाल प्रेस १९ वैशाख २०८० २०:३४
26
SHARES
सीमा क्षेत्रमा शान्ति कायम गर्न भारत र चीनबीच सम्झौता

नयाँदिल्ली- सीमा क्षेत्रमा शान्ति, सुरक्षा र स्थायित्व कायम गर्न भारत र चीनबीच सम्झौता भएको छ। चीनको चुसुल मोल्दोमा भएको १८औँ चरणको सैन्यवार्तामा उक्त सहमति भएको हो।

भारत र चीन वास्तविक नियन्त्रण रेखा (लाइन अफ कन्ट्रोल)को पश्चिमी क्षेत्रको भूमिमा सुरक्षा र स्थायित्व कायम गर्न सहमत भएका हुन्। दुवै देशले निकट सम्पर्कमा रहने, सैन्य एवं कूटनीतिक माध्यमबाट वार्तालाई निरन्तरता दिन तथा समाधान गर्न बाँकी सबै मुद्दा पारस्परिक सहमतिमा निरुपण गर्ने प्रतिबद्धता जनाएका छन्।

‘पश्चिमी क्षेत्रको लाइन अफ कन्ट्रोलसँग सम्बन्धित विवाद समाधान गर्न दुवै पक्षबीच गहन छलफल भएको छ,’ बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ, ‘सीमा क्षेत्रमा शान्ति स्थापना गर्ने तथा पारस्परिक सम्बन्धलाई अझ सुदृढ बनाउने सहमति भएको छ।’

चीन र भारतका सैन्य अधिकारीबीच ५ महिनापछि उक्त बैठक भएको हो। दुवै देशका लेफ्टिनेन्ट जनरलले नेतृत्व गरेको बैठकमा चीन र भारतका उच्च सैनिक अधिकारीको सहभागिता थियो। रासस/एएनआई

प्रकाशित: १९ वैशाख २०८० २०:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast