काठमाडौँ- पृथ्वीराजमार्गको धादिङको धुनिबेँसी नगरपालिका र थाक्रे गाउँपालिका जोड्ने गणेश खोलामाथिको पुल भासिएको छ। पुल भासिँदा पृथ्वीराजमार्ग भएर आउने/जाने सवारी सञ्चालन हुन सकेको छैन। पुलको पिल्लरमा क्षति भएको छ भने सडकमा भ्वाङ परेको छ। सवारी आवातजावत ठप्प हुँदा पृथ्वीराजमार्गमा सवारी साधनको लामो लाम लागेको छ।
राजमार्ग खुलाउने प्रयास भइरहेको ट्राफिक प्रहरीले जनाएको छ।
प्रकाशित: १८ वैशाख २०८० १६:३७
प्रतिक्रिया