पृथ्वीराजमार्ग आजदेखि पूर्णरूपमा सञ्चालनमा आउने

हिमाल प्रेस १४ असोज २०८३ ८:१९ | Wednesday, September 30, 2026
पृथ्वीराजमार्ग आजदेखि पूर्णरूपमा सञ्चालनमा आउने

काठमाडौँ- पहिरोका कारण अवरुद्ध पृथ्वीराजमार्ग आज बुधबारदेखि पूर्णरूपमा सञ्चालनमा आउने भएको छ ।

जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार थप पहिरो वा अवरोध नआएमा आज अपराह्न १ बजेदेखि पृथ्वीराजमार्ग भएर चल्ने सबै सवारी साधन सञ्चालनमा आउनेछन् । विभिन्न स्थानमा गएको पहिरो तथा सडक भासिएपछि हाल एकतर्फी रूपमा सवारी आवागमन भइरहेको छ ।

वर्षा रोकिए पनि राजमार्गका विभिन्न स्थानमा पहिरोको जोखिम कायमै रहेकाले सावधानीपूर्वक यात्रा गर्न प्रशासनले आग्रह गरेको छ । सवारी चालक तथा सडक प्रयोगकर्तालाई ट्राफिक नियम र सडक अनुशासन पूर्णरूपमा पालना गर्न पनि अनुरोध गरिएको छ ।

 

प्रकाशित: १४ असोज २०८३ ८:१९ | Wednesday, September 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast