आँबुखैरेनीमा मिनी बसको ठक्करबाट वृद्धको मृत्यु

हिमाल प्रेस ३० वैशाख २०८३ ६:२५ | Wednesday, May 13, 2026
4
SHARES
आँबुखैरेनीमा मिनी बसको ठक्करबाट वृद्धको मृत्यु

काठमाडौँ- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा मिनी बसको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। मंगलबार साँझ भएको दुर्घटनामा मृत्यु हुनेमा सोही ठाउँ बस्ने ७० वर्षीय वीर्खबहादुर चुमी रहेका जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

आँबुखैरेनीबाट डुम्रेतर्फ आउँदै गरेको प्र३–०१–००१प १६०९ नम्बरको पर्यटक सवार मिनी बसको ठक्करबाट पेदलयात्री चुमीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए।

चुमीको शव प्रदेश अस्पताल दमौलीको शवगृहमा राखिएको छ। प्रहरीले बस चालक गोरखाको पालुङटार नगरपालिका–१ बस्ने ३८ वर्षीय मनोज पोख्रेललाई नियन्त्रणमा लिएको छ।

 

प्रकाशित: ३० वैशाख २०८३ ६:२५ | Wednesday, May 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast